सार्वजनिक भयो तुलसीको प्रेमकहानी (भिडियो सहित)

काठमाडौं – स्पेनमा रहेका नेपाली गायक तुलसी शिवाकोटीले “मुहार” एल्बमबाट तिम्रो मेरो प्रेम कहानी नामक गितको भिडियो सार्वजनिक गरेका छन् ।

साइप्रसका विभिन्न स्थानमा सुटिङ गरिएको उक्त भिडियोमा मोडल पनि साइप्रसकै छिन् । गीतमा विदेशी मोडल स्पाईरौला काइजेर र नेपाली मोडल दिपेन भण्डारीको अभिनय रहेको छ ।
गायक तुलसी शिवाकोटीको स्वर, कल्पना खरेलको शव्द र रियाज शिवाकोटीको संगित रहेको उक्त गीतको निर्देशन संजयविक्रम शाहले गरेका हुन् । पहिलो गितको लोकप्रियतासँगै दोस्रो गित ल्याएको शिवाकोटीले बताए ।

स्पेनमा रहेको ईनास म्युजिकल ब्याण्डको यो दोस्रो भिडियो हो । यसअगाडीले गायक शिवाकोटीकै स्वर भएको कस्तो होला तिम्रो मेरो गाउँ नामको भिडियो सार्वजनिक गरेको थियो ।

हेर्नुस भिडियो