यस्तो छ भारतले चौथो बिज्ञप्ति, “हामीले गरेको हैन नाकाबन्दी नेपालले गरेको हो”

असोज ८, काठमाडौं – भारतीय दुतावासले शुक्रबार चौथो प्रेस विज्ञप्ति जारी गर्दै भारतीय पक्षले नेपाली सिमा नाकामा कुनै अवरोध खडा नगरेको जनाएको छ । भारतीय नाकामा कैयौ ढुवानी सेवा ठप्प भएको भन्ने नेपालीहरुले गरेको टिप्पणीप्रति जवाफ दिँदै आफूहरुले ढुवानी सेवामा कुनै अवरोध सिर्जना नगरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतीय नाकामा ढुवानी ठप्प गर्नु भारतको नीति विपरीत भएको र नेपालीहरुले नै सिमा क्षेत्रमा गरेको प्रर्दशनले असर गरेको स्पष्ट पारेको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ “हामी फेरी आग्रह गर्दछौ, तराइका भागमा देखिएको राजनीतिक समस्या हो, नेपाल सरकारले यसको छिटो सम्बोधन गरोस्।” ढुवानी सेवामा भएको अवरोध भारतीय कारण रहेको भन्दै ढुवानीकर्ताहरुले भारतीय पक्षसंग गुनासो गर्ने गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।