चिकित्सकहरुले उपचार सेवा बन्द

असोज ७ , काठमाडौँ – प्रा.डा. गोविन्द केसीको आन्दोलनमा समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले उपचार सेवा बन्द गरेका छन् । सरकारले माग पुरा नगरेको भन्दै डा केसी सातौ पटक आमरण अनसनमा बसिरहनु भएको छ ।

उहाँको माग पुरा गर्न सरकारलाई दवाव दिने उद्देश्यले करिव २ सय आवासीय चिकित्सकहरुले समर्थन जनाएका छन् । छैटौं पटकको अनशनका क्रममा डा. केसी र सरकारबीच ११ बुँदे सम्झौता हुँदा सबै कार्यान्वयन गर्ने प्रतिवद्धता थियो । आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि उपचार सेवा प्रभावित हुने भएको छ ।