चिनिया राष्ट्रपति सि जिनपिङ अमेरिकामा

असोज ६ , काठमाडौँ – चिनिया राष्ट्रपति सि जिनपिङ अमेरिका पुग्नु भएको छ । चिनिया राष्ट्रपतिको यो पहिलो औपाचरिक भ्रमण हो । भ्रमणका क्रममा साइबर सुरक्षाका बारेमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनिया राष्ट्रपति सिबीच छलफल हुनेछ ।
अमेरिका र चीनबीच साइबर सुरक्षाको विषयलाई लिएर चिसिएको सम्बन्ध यो भ्रमणले सुधार हुने अनुमान गरिएको छ । चीनले अमेरिकी कम्पनीहरुमा भैरहेको साइबर आक्रमणप्रति आफ्नो हात नभएको स्पष्ट पारेको छ । तर अमेरिकाले भने चीनले नै साइबर आक्रमण गर्ने गरेको आरोप लगाउँदै आएको छ ।
चीन सरकारले साइबर जासुसी गैरकानूनी भएकाले यस्तो गैरकानूनी गतिविधि गर्ने समुह वा व्यक्तिसँग चीनले कुनै सम्बन्ध नराख्ने पनि जनाएको छ । चीनले साइबर आक्रमण रोक्न अमेरिकासँग साथ र सहयोग बढाउन तयार रहेको बताएको छ ।