प्रमुख दलहरुले विजय उत्सवसहित संयुक्त सभा गर्दै

असोज ४ , काठमाडौं – संविधान घोषणा भएको खुसियालीमा प्रमुख तीन दलले आज राष्ट्रिय उत्सव मनाउने भएका छन् ।
उत्सवका रुपमा संयुक्त आमसभा र विजय -याली आयोजना गर्दैछन् । आज काठमाडौको सैनिक मञ्च टुँडिखेलमा विजय -यालीपछि संयुक्त आमसभा गर्ने तीन दलले बताएका छन् ।  सभालाई कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।
एमाले उपाध्यक्ष भीमबहादुर रावलले ऐतिहासिक खुसीको क्षणलाई विजयोत्सवकै रूपमा मनाएर सन्देश दिन संयुक्त सभा आयोजना गरेका बताउनुभयो । काठमाडौंसँगै तीनओटै दलले देशभर संयुक्त सभा र -यालीको आयोजना गर्दै छन् ।
सभाअघि राजधानीका तीन ठाउँबाट विजय -यालीका रूपमा जुलुस सुरु हुनेछ । दिउँसो १२ बजेबाट कांग्रेसले शान्तिबााटिका, एमालेले रत्नपार्कस्थित रातो घर र एमाओवादीले भृकुटीमण्डपबाट जुलुस निकाल्नेछन् ।
एमालेको -याली बागबजार–पुतलीसडक–भद्रकाली हुँदै अघि बढ्नेछ भने त्यसमा एमाओवादीको -याली पनि मिसिनेछ । तीनै दलले विजय उत्सवका रूपमा आयोजना हुने सभामा सहभागी हुन आम जनसमुदायलाई अपिल समेत गरेका छन् । सरकारले आज विजयउत्सव मनाउन सार्वजनिक विदा दिएको छ ।