टीकापुर क्षेत्रमा लगाएको कर्फ्यु आज ७ घण्टाका लागि खुल्ला

भदौ २७, कैलाली – कैलालीको टीकापुर क्षेत्रमा लगाएको कर्फ्यु आज बिहान ७ घण्टाका लागि खुल्ला गरिएको छ ।
स्थानिय प्रशासनले टीकापुर नगरपालिका, नारायणपुर र धनसिंहपुर गाविसमा आज बिहान ५ बजेदेखि मध्यान्ह १२ बजेसम्म ७ घण्टाका लागि कर्फ्यु हटाएको छ ।

यस्तै भजनी त्रिशक्ति नगरपालिका, थापापुर, जोशीपुर, मुनुवा, दुर्गौली र पथरैया गाविसहरुमा लगाएको कर्फ्यु आज बिहान ५ बजेदेखि साझ ५ बजेसम्मका लागि खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
स्थानीय प्रशासनले कर्फ्यु खुल्ला गरिएको समयमा काम सकेर घर फर्किन पनि सबै नागरिकहरुलाई आग्रह गरेको छ । यही  भदौ ७ गते टीकापुरमा भएको घटनापछि कैलालीको टीकापुर क्षेत्रमा प्रशासनले ७ गतेबाट नै अनिश्चितकालिन कर्फ्यु जारी गरी दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गरेको छ । यस्तै धनगढीमा भने मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म ३ घण्टा मात्र कर्फ्यु जारी गरिएको छ ।