राजमार्ग क्षेत्रमा आन्दोलन गर्न निषेध

भदौ २४,काठमाडौं –  सार्वजनिक यातायातका साधानलाई सहज आवात जावत गराउन सरकारले राजमार्गमा निषेधाज्ञा जारी गरेको छ । तराई मधेसका जिल्लामा आन्दोलन चर्किदै गएपछि सरकारले राजमार्गमा निषेधआत्रा जारी गरेको छ । अब बन्द गर्न, नारा जुलुस गर्न अवरोध गर्न पाइने छैन । त्यसो गरे प्रहरीले गोली हान्न सक्नेछ ।

तराई मधेसका जिल्लामा पर्ने राजमार्ग क्षेत्रलाई निशेषआत्रा जारी गरेको छ । महोत्तरी, सप्तरीमा जिल्लाको राजमार्ग क्षेत्रलाई जिल्ला सुरक्षा समितिले अनिश्चितकालका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । लगातार २५ दिनदेखिको बन्द र झडपका कारण तराई मधेसका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ ।

यसैबीच संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीमा तीन वटा सरकारी कार्यालयमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताल गएराती सदरमुकाम राजविराजमा रहेको जिल्ला पशुसेवा कार्यालय, जिल्ला वन कार्यालय र जिल्ला शिक्षा कार्यालयमा आगजनी गरेका हुन् । आगजनीबाट जिल्ला पशु सेवा कार्यालय र जिल्ला वन कार्यालयमा क्षति पुगेको छ भने शिक्षा कार्यालयमा लगाएको आगो कर्मचारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।