आज निजामति सेवा दिवस मनाईंदै

भदौ २२, काठमाडौँ – निजामति सेवा दिवस आज सरकारले विभिन्न कार्यक्रम गरि मनाउँदैछ । सरकारी सेवामा कार्यरत कर्मचारीले आज राजधानीसहित मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछन् । बिहान काठमाण्डुमा प्रभात फेरि निकालीएको छ । दिवसको यो वर्षको नारा ‘भाषण नगर काम गर’ भन्ने तय गरिएको छ । नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो । सेवा दिवसका अवसरमा अहिले बिहान दशरथ रंगशालामा मुख्य सचिव ११ र ट्रेड युनियन ११ बीच मैत्रीपूर्ण फुटबल हुँदैछ ।

अहिले नेपालमा हाल झण्डै ८० हजार निजामती कर्मचारी छन् । दिवसको अवसर पारेर सामान्य प्रशासन मन्त्रालयले १० जनालाई उत्कृष्ट निजामति सेवा पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कार प्रदान गर्दैछ । सरकार सचिव र ट्रेड युनियनका पदाधिकारीबीच विशेष अन्र्तक्रिया राखिएको मुख्य सचिव सोमलाल सुवेदीले जानकारी दिनुभयो ।

विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो । डडेल्धुराम पनि आज निजामति सेवा दिवस मनाइदैछ । दिवसको अवसरमा २० गतेदेखि सञ्चालन गरिएको ब्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट प्रतियोगिहरुलाई आज पुरस्कार वितरण गरिने भएको छ भने आजका कार्यक्रमहरुमा मड्का फुटाउने, म्यूजिकल चेयरलगायतका अन्य विविध कार्यक्रमहरुको समेत आयोजना गरिएको छ