ब्रा तस्कर गर्ने दुई युवा पक्राउ

भदौ २०, नेपालगन्ज – भारतबाट चोरी पैठारी गरी नेपालगन्ज तर्फ ल्याउदै गरेको करिब २ लाख मुल्य बराबरको ब्रा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरिक्षक कृष्णदेव प्रसाद शाहाको कमाण्डमा खटिएको सादा पोषकको टोलीले आइतबार बिहान नेपालगंज–१६ स्थित बेलासपुरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

साइगाउँ ८ बस्ने २४ बर्षका ईफान अन्सारी र सोही ठाउँ बस्ने १७ बर्ष का बिध्या प्रसाद धोवीलाई १ लाख ७४ हजार मुल्य बराबरको लत्ता कपडा ब्रा सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले ब्रा सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाएको जनाएको छ ।