सरकारी उद्योगलाई १० अर्ब ऋण बालुवामा पानी

भदौ २१, काठमाडौँ – विभिन्न सार्वजनिक संस्थान र उद्योगहरुमा सरकारले गरेको ठूलो लागानी ‘बालुवाको पानी’ जस्तै बनेको छ । वर्षैपिच्छे उद्योगका लागि हुने लगानीले कुनै प्रतिफल दिन सकेको छैन ।

उद्योगहरुले लिएको अर्बौं ऋण कुनै उत्पादनशील काममा खर्च नभएको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयले अहिलेसम्म विभिन्न सरकारी उद्योग तथा संस्थानका लागि झण्डै १० अर्ब रुपैयाँ भन्दा बढी ऋण लागनी गरेको छ ।

आफु अन्तरगतका सरकारी स्वामित्वका उद्योगका लागि १० अर्ब ५ करोड रुपैयाँ भन्दा बढी रकम ऋणका रुपमा उपलब्ध गराएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।