टिकापुर घटनाको सम्झनामा दिप प्रज्वलन गरि युवाले गरे जातिय एकता सद्भाब र्यालि

भदौ  २० ,  काठमाडौँ  –  सामाजिक संजाल प्रयोगकर्ता र अन्य क्षेत्रका क्रियाशील युवाहरुको  “सचेत युवा समुह”ले  शनिबार साझ  काठ्मण्डौको चाबहिलमा जातिय एकता सद्भाब र्यालि तथा दिप प्रज्वलन कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।  देशको बिभिन्न भागमा घट्दै गैरहेको जातिय दङा एव कैलालिको टिकापुरमा घटेको अमानबिय घटनाको बिरोधमा कार्यक्रम को आयोजना गरिएको हो ।IMG_3758

सचेत युवा समुहको र्यालि  चाबहिल स्तुपाबाट सुरु भइ गौशाला,चाबहिल,चुच्चेपाटि हुदै पुन चाबहिल चोकमा आएर कोणसभामा परिणत भइ  टिकापुर घटनाको सम्झना मा नेपाल को नक्शा बनाइ त्यस भित्र दिप प्रज्वलन गरि   समापन गरिएको थियो ।saroj yuwa

“नेपालि हामि रहौला कहा नेपाल नै नरहे” भने मुल नारा अनि “सामाजिक सदभाव  आजको आबस्यकता” सहित सुरु भ​एको उक्त र्यालिमा बिभिन्न जात-जातिको भेष-भूषा सज्जित  युवाहरुको पनि सहभागिता रहेको थियो ।ghanashyam yuwa

मानब अधिकारकर्मि सुदिप पाठकको प्रमुख आतिथ्यमा सम्पन्न भ​एको उक्त  कार्यक्रमलाई अधिकारकर्मि पाठक र सचेत युवा समुहका  मुकेश घिमिरेले  सम्बोधन गर्नु भ​एको थियो । कार्यक्रममा करिव २०० युवाहरुको सहभागिता रहेको थियो ।yuwa 001