१२ दिनदेखि अनशनरत डा. केसीका मागप्रति लचिलो बन्दै सरकारले आज पनि बार्ता गर्दै

भदौ  १९,  काठमाडौँ  –  १२ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागप्रति लचिलो बन्दै सरकारले आज पनि बार्ता गर्दै
चिकित्साशिक्षा र सेवामा दीर्घकालीन सुधार गर्न १२ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागप्रति लचिलो बन्दै सरकारले आज पनि बार्ता गर्दै छ । हिजो मध्यरातसम्म गरेको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको भन्दै आज सहमती भए अनशन तोड्ने सम्भावना बलियो बनेको जनाएको छ ।
सरकारी प्रतिनिधिका रूपमा डा. केसी समर्थक चिकित्सकहरूसँग वार्ता गरेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख डा. गोविन्दराज पोखरेलले माथेमा प्रतिवेदनका महत्वपूर्ण सुझाव कार्यान्वयन गर्न समझदारी गर्नु भएको छ । तर डा. केसीसँग यसअघि भएका आठबुँदे सम्झौता कार्यान्वयनका पक्षमा छलफल हुन बाँकी रहेको र यसबारे आज निर्णयमा पुग्न सकिने डा. केसी समर्थक चिकित्सकले जानकारी दिएका छन् ।
राति करिब पाँच घन्टा वार्तामा बसेका केसी समर्थक एक चिकित्सकका अनुसार सरकार माथेमा प्रतिवेदनका महत्वपूर्ण सुझाव कार्यान्वयन गर्न सहमत भएको र डा. केसीसँग गरिएका अन्य सम्झौताबारे विस्तृत रूपमा छलफल गर्न आज फेरि वार्ता गर्ने टुंगोमा पुगेका हुन ।
माथेमा प्रतिवेदनको सुझाव र डा. केसीसँग गरेको सम्झौताविपरीत काठमाडौं उपत्यकामा सञ्चालनमा आउन खोजि रहेका मेडिकल कलेजलाई सम्बन्धन दिन बाटो खुलाइदिएको सरकारले उनलाई मनाउन पछिल्लो दुई दिनदेखि लगातार बार्ता गर्दै छ ।