डा. गोविन्द केसीसँग सरकारका प्रतिनिधीले आज पनि बर्ता

भदौ  १८,  काठमाडौँ  – माथेमा आयोगको प्रतिवेदन कार्यन्वयन गर्न माग गर्दै अनसनमा बसेका डा. गोविन्द केसीसँग सरकारका प्रतिनिधीले आज पनि बर्ता गर्दै छन् । अनशन तोडाउने विषयमा हिजो भएको छलफल बिना निष्कर्ष सकिए पछि आज पुन छलफल गर्ने भएको हो ।
अनशन तोड्न आग्रह गर्दै शिक्षण अस्पताल पुगेका पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल र डा. केसीका प्रतिनिधिबीच माथेमा आयोगको प्रतिवेदनले सिफारिस गरेका बुँदामा छलफल भएपनि निष्कर्षमा नपुगेको थियो ।
सरकारले आयोगले सिफारिस गरेका सुझाव कार्यन्वन गर्दै लाने बताएको थियो भने डा. केसीका प्रतिनिधिले सरकारको जवाफ स्पष्ट नभएको बताएको छ । पाँच सय भन्दा बढी डाक्टर तथा चिकित्सा क्षेत्रका विद्यार्थीले त्रिवि शिक्षण अस्पतालको काम गरेका छैनन् ।
१२ औं दिनदेखिको अनशनका कारण डा. केसीको स्वास्थ्यमा संक्रमणको खतरा बढ्दै गएको डाक्टरले वाइपी सिंहले बताउनुभयो ।