यू-१९ क्रिकेट : साउदी अरेबियामाथि नेपालको शानदार जित

भदौ १७ , काठमाडौ – एसीसी यू-१९ पि्रमियर लिग क्रिकेटको अन्तिम खेलमा नेपालले साउदी अरेबियामाथि ९ विकेटको शानदार जित हात पारेको छ ।

यससँगै नेपालको शीर्ष स्थानमा उक्लिएको छ र च्याम्पियन बन्ने सम्भावना कायमै छ । अहिले चलिरहेको खेलमा मलेसियाले अफगानिस्तानलाई हराए नेपाल च्याम्पियन बन्ने छ ।

अफगानिस्तानको जितले भने नेपाल उपविजेता बन्नेछ ।