कांग्रेस संसदीय दलको बैठक बस्दै

भदौ १६ , काठमाडौ – नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । नयाँ बानेश्वरमा बस्ने बैठककमा संविधान निर्माण प्रक्रिया, संसोधन प्रस्ताव दर्ताको प्रक्रिया र विषयमा छलफल हुनेछ । त्यस्तै बैठकमा तराई मधेसमा चलिरहेको आन्दोलन उनीहरुको मागका विषयमा पनि छलफल हुनेछ ।

संविधान जारी गर्नुअघि पार्टीका तर्फबाट संविधानसभामा पेश गर्ने संसोधन प्रस्तावका विषयमा मुख्य गरि छलफल हुने सभासद रामहरि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले भनाई राखेपछि सभासदहरुले पनि धारणा राख्ने छन् । हिजो पार्टी केन्द्रीय समितिले गरेको महाधिवेसन सम्बन्धि निर्णयका विषयमा पनि छलफल हुनेछ । कांग्रेसले तत्काल महाधिवेसनको प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ ।