छोटो समयमा चर्चा बटुल्दै नौलो किरण

कमल न्यौपाने ।

नेपाली साङगितिक क्षेत्रमा नयाँ कलाकारको आगमन दिनहुँ बढीरहेको छ । कतिपय निरन्तर रुपमा लागेर आफ्नो भबिश्य बनाउन आउछन त कतिपय आफ्नो सिमित सपना पुरा गर्न । यो क्षेत्रमा हिजका दिनमा पनि थुप्रै आएका थिए र आज पनि थुप्रै आईरहेका छन । हिज आएका मध्य कतिपय यो क्षेत्रमै लागिरहेका छन त कतिपय पलायन भईसकेकाछन । पलायन हुनुको कारण उनिहरुले देखेको सपना पुरा भएर अथवा यो क्षेत्रमा टिकिरहन नसकेर । थुप्रैले भनिरहेकाछन यो क्षेत्रमा टिकिरहन निकै गाह्रो छ । टिक्नका लागि निरन्तर मेहेनत र आफुमा खुबी हुनु आवश्यक छ । अहिलेको समयमा तेस्तै मेहेनत र आफ्नो खुबी यो क्षेत्रमा देखाउन नयाँ कलाकारको आगमन भईरहेको छ । जस्मध्यका एक हुन नौलो किरण ।

बागलुङ जिल्ला अमलाचौर गाबिस वडा नम्बर 2 कान्नेमा जन्मेका किरण हाल नेपाली साङगितिक क्षेत्रमा आफ्नो भबिश्य खोज्दै अघी बढीरहेका छन । आफ्नो अध्ययनको निम्ती काठमान्डौ छिरेका किरण पछील्लो समय गीत संगीततर्फ आफ्न पाईलाहरु लम्काई रहेका छन । बिज्ञान संकाय लिएर कक्षा १२ मा अध्ययन गरिरहेका किरण गीत लेखन र संगीतमा आफ्ना पाईला चालिरहेका छन । उनको पहिलो गीत जब पर्छ साझ,तिम्लाई सम्झी रोईरहन मन लाउछ,मलाई हिजो आज गीत यतिबेला चर्चामा रहेको छ । सो गीतमा गायक बिमल राज क्षत्री र गायिका सिता परीयारको स्वर रहेको छ । सो गीत लगत्तै अहिलेको तीजमा ढल्की ढल्की नाच्निछ,धिन्ताङ धिन्ताङ मादलु तालैमा ढल्की ढल्की नाच्निछ बोलको गीतमा लय भरेका छन । किरण अब यसैगरी निरन्तर रुपमा गीत संगीतमा लाग्ने तयारीमा जुटिरहेका छन । आफ्नो अध्ययन र यो क्षेत्रलाई अगाडी बढाउने क्रममा अब छिट्टै आफ्नै स्वरमा गीत समेत बजारमा ल्याउने तयारीमा रहेको जानकारी गराउछन । अब छिट्टै नै तीज लगत्तै किरणले आफ्नै लय तथा शब्दमा रहेको परे जालैमा बोलको गीत बजारमा ल्याउदै छन ।

गीत संगीतमा लागेर आफ्नो भबिश्य बनाउने सपना देख्दै अघी बढेका नौलो किरणलाई हाम्रोतर्फ बाट शुभकामना । यसैगरी निरन्तर रुपमा आफ्नो प्रतिभा प्रस्फुटन गर्दै अघी बढ्नको लागि हौसला मिलोस भन्न चाहन्छौ ।