नविनतम नेपालको समाज (COIN) द्वारा स्वास्थ्य सचेतना कार्यक्रम हुने

भदौ १५, काठमाडौ – नविनतम नेपालको समाज (community of innovative Nepal – COIN ले  यहि आउदो असोज २ गते शनिबारको दिन बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजि, बालाजु,  काठमाडौंमा स्वास्थ्य सम्बधि सचेतना कार्यक्रम गर्ने भएको छ ।

सञ्चार सग समन्वय र सहकार्य गर्दै समाजमा सामाजिक कार्य गर्दै विभिन्न चेतना मुलुक कार्यक्रम गर्दै  आगाडी बड्ने क्रममा यस सस्थाले स्वस्थ्य क्षेत्रमा अध्ययन र अनुसन्धान गरेर अहिलेको समयमा हामी लाई रोग लाग्न काहीं जानुपर्दैन घरको भान्सा कोठा बाट लाग्छ भन्ने कुरा लाई मनन गर्दै विभिन्न स्कुलबाट समाबेश भएका अहिलेका कक्षा ९ र १०  विद्यार्थी भाई बहिनीका लागि १  दिने स्वस्थ सचेतता कार्यक्रम तथा दैनिक जिवनमा आइपर्ने स्वस्थ्य सम्बन्धी जागरूकता तथा सचेतता मुलक कार्यक्रम गरि उनी हरुमा स्वस्थ्य सम्बन्धि सुचनामुलक सन्देश प्रदान गर्ने योजना लिएको छ भनेर COIN का सचीव एबम सम्योजक प्रकाश धितालले बताउनु भएको छ |
विभिन्न बिसेसज्ञ बाट यस कार्यक्रममा निम्न बिषयमा जानकारी दिइने छ ।
१ यूवतिहरुमा हुने महिनावारीको बारेमा
२ यौन तथा प्रजनन स्वास्थ्यको बारे
३ लागुऔषधको बारेमा
४ बिभिन्न खालको सरुवा रोगको बारेमा
५ मुटु रोग सम्बन्धि
6 विविध
मिति :- २०७२/०६/०२
स्थान :- बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजि, बालाजु, काठमाडौं
सम्पर्क :- ९८५१०३१०५९, ९८४००५३२४२,९८४९५९८५१९