संविधान सभाको बैठक आज पनि बस्दै

भाद्र १०, काठमाडौं – संविधान सभाको बैठक आज पनि बस्दै छ । अहिले केहि समय पछि सुरु हुने बैठकमा विधेयक माथिको छलफल जारी रहने भएको छ । सभासदहरुले संविधानको विधेयकमा आफ्नो धारणा आगामी १४ गते सम्म राख्न पाउँने भएका छन् ।

हिजाको बैठकमा सहभागी सभासद्ले संविधान निर्माणको अन्तिम समयमा पनि जनताका जायज मागलाई सम्बोधन हुनुपर्ने आवश्यकता औल्याएका छन् ।
नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथिको छलफलमा भाग लिँदै उनीहरुले सबैको जित हुने गरी संविधान जारी गर्नुपर्ने, उत्तर–दक्षिण हुनेगरी पाँच विकास क्षेत्र बनाउनुपर्ने, प्रस्तावनामा बहुलबाद शब्द राखिनुपर्ने, प्रदेशको सीमाङ्कनमा जनतालाई अल्मल्याउने काम गर्न नहुनेमा पनि जोड दिएका थिए ।