टीकापुर घटनाको छानविन गर्न मानवअधिकार आयोगको आग्रह

भाद्र ८, काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको टीकापुरमा भएको घटनाको छानविन गर्न आग्रह गरेको छ । साथै आयोगको टोली घटनास्थलतर्फ गएको छ ।

मानव अधिकार आयोगले मंगलबार विज्ञप्ती जारी गरी घटनाको छानविन गर्न र दोषीलाई कारबाही गर्न आग्रह गरेकोृ छ । साथै सामाजिक सद्भाव कायम राख्न र संयमित रहनसम्बन्धित सबैलाई आग्रह गरेको छ ।
आफ्ना मागहरु राखी प्रदर्शन गर्दा शान्तिपूर्ण ढंगबाट प्रस्तुत हुन र त्यस्तो प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न तथा सर्वसाधारणको जीउ ज्यान र भौतिक सम्पत्ति नष्ट हुन नदिन आयोगले प्रदर्शनकारी र सुरक्षा निकायलाई आग्रह गरेको छ ।
मानवअधिकार आयोगले धैर्य र संयमताकासाथ परिस्थितिलाई थप उत्तेजित हुने अभिव्यक्ति नदिई वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ ।