उपत्यकामा शान्तिपूर्ण बन्द: सार्वजनिक सवारीसाधन बिहानैदेखि संचालनमा

भदौ ७, काठमाडौँ – नेपाल आदिवासी जनजाति महासंघले आव्हान गरेको बन्दको आज दोस्रो दिन शान्तिपूर्ण देखिएको छ । बिहानैदेखि उपत्यकाका अधिकांश ठाउँमा सार्वजनिक सवारीसाधन संचालन भएका छन् ।tempoबन्दको पहिलो दिन हिजोको तुलनामा आज सडकमा निजी तथा सार्वजनिक सवारी साधनको संख्या बाक्लो देखिन्छ । निजी कार, ट्याक्सी, ट्रक, भ्यान, मोटरसाइकल सदा झैँ चलिरहेका छन । बजार पसलहरु पनि खुलेका छन् ।

चोकचोकमा प्रहरीको बाक्लो उपस्थित रहेको छ । बन्द गराउँदै हिडेका केहीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार पनि १० बजेपछि बन्दको खासै प्रभाव परेको थिएन । उपत्यका बाहिर भने जनजातिसँगै मधेस केन्द्रीत दल हरूले गरेको बन्दले जनजीवन प्रभावित भएको छ ।