थानकोट–नौबिसे सडकखण्ड अवरुद्ध

भदौ ५, काठमाडौं – काठमाडौं छिर्ने मुख्य नाका थानकोट–नौबिसे सडकखण्ड अवरुद्ध भएको छ । सडकमा ठूलो गाडी बिग्रंदा धादिङ र काठमाण्डु बाटो अवरुद्ध भएको हो । ठूलो गाडी बिग्रिएपछि राजमार्गमा गाडी चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ । रातीकालीन सेवाका यातायात बाटोमा रोकिएका छन् ।