अन्तरविद्यालय फुटबल प्रतियोगिता हुदै

भदौ १, काठमाडौँ – नेपाली काङ्ग्रेसका नेता गणेशमान सिंहको नाममा आजदेखि अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा कीर्तिपुरस्थित ल्याब स्कुलको मैदानमा आजबाट सुरु हुने प्रतियोगिता भदौ १० सम्म चल्ने प्रतियोगिता संयोजक बद्री भट्टराईले जानकारी दिनुभयो ।

गणेशमान सिंह कप नाम दिइएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहने छ । सहभागि १६ टोलीलाई ४ समुहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा खेल गराइने आयोजकले जनाएको छ ।

प्रत्येक समुहका शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्नेछन्। प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ पाउनेछ भने उपविजेताको भागमा १५ हजार रुपैयाँ पर्नेछ । उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड र उच्च गोलकर्तालाई पनि समान २ हजार रुपैयाँका दरले प्रदान गरिने जानकारी संयोजक भट्टराईले बताउनुभयो ।