गोकर्णेस्वर-सुन्दरिजल सडकखण्ड मर्मत गर्न सुरु

साउन २८, काठमाडौँ –  यो हो राजधानिकै सबै भन्दा पुरानो सडक काठमाडौं-सुन्दरिजल सडकखण्ड, बिगत केही बर्ष देखि जिर्ण रहेको यो सडक अहिले भने केही मर्मत सम्भार हुँदै छ । राजधानी बाशीलाई खाने पानी खुवाउने ठूलो आयोजना “मेलम्ची खानेपानी परियोजना” को मुख्य रिजर्भ ट्यान्क रहने सुन्दरिजल महान्काल सम्म पुग्ने , मनोरम धार्मिक एवँ पर्यटकिय क्षेत्र सुन्दरिजल अनि शिवपुरी राष्ट्रिय निकुन्ज हुँदै पर्यटकिय क्षेत्र चिसापानी सम्म पुग्ने यो सडक राज्यको लापर्बाहीको कारण बर्षौ देखि खंडहर हुँदै आएको छ ।

11872815_10204537693349957_8674230_n

मेलम्ची परियोजना सुरु भएसी परियोजना निर्माणको क्रममा गुड्ने ठुला ठुला सवारि साधनको कारण गोकर्णेस्वर-सुन्दरीजल खण्ड झन जिर्ण र नाजुक छ ! बाटो मर्मतको लागि स्थानियले पहल गर्दा सडक बिभागले मेलम्ची परियोजना लाई र मेलम्ची परियोजनाले सडक बिभागलाइ मुख्य जिम्मेवरी देखाउदै आएका थिए । बाटो मर्मत एवं सुधारको लागि स्थानिय जन प्रतिनिधि सभासद रामेस्वर फुयाललाइ समेत पटक पटक मौखिक जानकारी गराउदा समेत बेवास्ता गरेको स्थानिय बासिन्दा सरोज बस्नेत बताउछन ।

11846472_10204537694429984_60803930_n

बाटोको अबस्था सार्है नाजुक भएपछी स्थानिय फाइभ स्टार युथ क्लबको आव्हान मा स्थानिय बासिले गएको आइतबार र सोमबार लगातार बिहान ८ बजे देखि अपरान्ह १२ बजे सम्म सडक बन्द गरे । सोही बन्दको कारण अन्तमा स्थानिय फाइभ स्टार युथ क्लबको प्रतिनिधी , स्थानिय ब्यक्ति र मेलम्ची परियोजनाका प्रतिनिधि बिच भएको सहमती अनुसार अहिले बाटोको केही मर्मत सुधार हुँदै छ । नेपाल सरकारको सडक बिस्तार योजनामा समेत परेको यो सडक अब को ६ महिना भित्र २२ मिटर कायम हुने गरि बिस्तार हुने सहमती भएको फाइभ स्टार युथ क्लबका अध्यक्ष किरण केसिले हामिलाइ जानकारी दिए ।