युवाहरु यसरी जुटे अन्तर्राष्ट्रिय युवा दिवस मनाउन (फोटोफिचर)

साउन २७, काठमाडौँ – अन्तर्राष्ट्रिय युवा दिवस आज सरकारी तथा विभिन्न गैरसरकारी मिलेर एक कार्यक्रम गरी सम्पन भएको छ । आज युवा दिवसका अवसरमा बिहानै शान्तीवाटिकामा सरकारी र गैर सरकारी सस्थामामा आबद्ध युवाहरुको आ-आफ्नो सस्थाको टि-सर्ट सहित ठुलो जमात थियो, त्यहि मध्ये इज्राएड, राष्ट्रिय युवा गैर सरकारी सस्था महासंघ र रापती समाज काठमाडौं पनि यी सस्थाका युवा पनि सस्था को टि-सर्ट सहित सहभागी थिए । शान्ति बाटिका बाट प्रज्ञा भवन कमलादी सम्म बाजागाजा सहित् “पुनर्निर्माणमा युवाको सक्रिय  सहभागीता ” मूल नारा का साथ युवा हरुले सहभागिता जनाए ।

002

राष्ट्रिय युवा गैर सरकारी सस्था महासंघका अध्यक्ष कमल सुबेदी र रापती समाज का अध्यक्ष सशी शर्मा मजगैयाले संयुक्त रुपमा यस्तो भने  “मुलुक मा युवा एक ढिक्का भएर पुनर्निर्माणमा जुट्नु पर्छ र सरकार ले युवा नीति मार्फत युवा परिषद मार्फत युवाको सम्पूर्ण बिकासमा संबेदनशील हुन जरुरि छ” ।

005

सोहि अवसरमा सरकारले प्रतिभावना शाहसी युवाहरुलाई सम्मान पनि गरेको छ  । युवा  क्रिकेट खेलाडी  सोमपाल कामी , कराँतेकी विमला तामाङ,  तेक्वान्दोका ज्ञानी चुनारा, एथलेटिक्सका विक्रमबहादुर राना र केशरी चौधरी, भलिबलकी विनिता बुढाथोकी र किक बक्सिङका दिवस श्रेष्ठलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट प्रमाण पत्र सहि १ लाख पुरस्कार राशीले  सम्मानित गरेको छ ।

004

यस्तै एथलेटिक्सका सुनिल चौधरी र प्रतिभा चौधरी तथा कराँतेका प्रशिक्षक सञ्जु महर्जन र व्याडमिन्टनका प्रशिक्षक रजनी मैयाँ जोशी संयुक्त रुपमा सम्मानित भएका छन् । चारै जनाले जनही ५० हजार नगद पाएका छन् ।

003

सन् २००० देखि अगष्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस शुरु गरिए पनि नेपालमा भने सन् २००४ देखि मात्रै यो दिवस मनाउन थालिएको हो । नेपालको कूल जनसंख्याको १६ देखि ४० वर्ष उमेर समूहका ४० दशमलव ३४ प्रतिशत युवा रहेका छन् ।