थरुहट प्रदेशको माग गर्दै बौनियामा प्रदर्शन ,शिर्ष नेताहरुलाई कैलालीमा टेक्ना नदिने लक्ष्मण थारूको चेतावनी

राजेन्द्र रावल साउन  २७,   कैलाली – कैलालीको दोदोधरा ७ सडकपुर बौनिया बजारमा संयुक्त थारु संघर्ष समिति क्षेत्र न २ कैलालीले कैलाली , कञ्चनपुर देखी कपिल बस्तु थरुहट प्रदेशकोे माग गर्दै प्रर्दशन गरेको छ । बुधबार आज कैलाली क्षेत्र न १ , २ र ३ का थारुहरुको सहभागीतामा मोटर साईकल ¥यालि सहित मसाल जुलुस निकालिएको हो । दिउसो १ बजे देखी सुरु भएको प्रर्दशन कार्यक्रम पछि गएर कोण सभामा परीणत भएको थियो । विभिन्न सास्कृतिक प्रस्तुती समेत रहेको कोण सभाको थारु संयुक्त संघर्ष समिति क्षेत्र न १ का संयोजक रेशमलाल चौधरीले सम्बोधन गरेका थिए । कोणसभाको सम्बोधन क्रममा संयोजक चौधरीले कैलाली कञ्चनपुर थारुहरुको भुमि भएकाले कुनै पनी हालतमा अखण्ड सुदुरपश्चिम संग गाभ्न नहुने बताए । उहा“ले अहिले संविधानको मस्यौदामा आएको संघिय संरचनामा कैलाली, कञ्चनपुर लाई अखण्ड सुदुरपश्चिम राखेको प्रति थारुहरुको पहिचानमा ठुलो धब्बा लागेको बताए ।

चौधरीले अखण्डको सुदुरपश्चिमको नारामा कैलालीका जनतलाई लडाउने पहाडि मुलको नेता शेरबहादुर देउवा, भिमरावल र लेखराज भट्ट भएकाले आरोप लगाए । साथै उहाले अखण्ड सुदुरपश्चिम राज्यलाई कुनै पनी परीबेशमा नस्विकार्ने यदी स्विकार्नै पर्ने भए टुक्राएर जुम्लालाई राजधानी बनाएरै छाड्ने चेतावनी समेत दिए । यस्तै कार्यक्रममा बोल्दै पुर्व सभासद सुक्नी चौधरीले थारु समुदायलाई उपेक्षा गरि प्रदेश सीमांकन गरिएकोले बाध्य भएर आन्दोलन गर्नुपरेको बताईन । उनले आदीबासी थारू बाहुल्यता रहेका तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चपुर जस्ता जिल्लाहरुलाई प्रस्तावित संघीय संरचनामा अलग – अलग प्रदेशमा राखिएकोले त्यो एउटै प्रदेश वनाउनुपर्ने नत्र देशमा ठुलो रक्तपात हुने चेतावनी दिईन ।

यसै बीच मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारूले ६ प्रदेशमा सहमति गर्ने शिर्ष नेताहरुलाई कैलाली जिल्लामा पाइला टेक्ना नदिने चेतावनी दिएका छन् । कैलाली–कञ्चनपुरसहितको थारु बाहुल्य जिल्लाहरुलाई थरुहट÷थारुवान बनाउनु पर्ने माग गर्दै बुधबार पनि धनगढीमा निकालिएको विशाल विरोध जुलुसलाई सम्बोधन गर्दै थारूले उक्त चेतावनी दिएका हुन् । उनले अगाडी भने,–‘थारूले आजसम्म कसैको सम्पत्ति खोसेको छैन, बरु दासको रुपमा कमैया÷कमलरी बसेको छ । आज पहिचान र अधिकार माग्दा अन्याय गर्ने ? खबरदार शेरबहादुर देउवा, भिम रावल, विजय गछदार कैलालीमा पाइला टेकेर देखाउ ? शोषित पीडित थारू समुदायको पहिचान मेटाउने गरी चार दलका नेताहरुले महेन्द्रकालीन संरचना लाडेको भन्दै उनले कडा विरोध जनाएका थिए । यतिमात्रै नभई केन्द्रीय सदस्य थारूले आफ्नै पार्टी अध्यक्ष गछ्दारसहित केही शिर्ष दलका शिर्ष नेताहरुको विरुद्धमा मुर्दावाद भन्दै नारा समेत लगाएका थिए । आफु तराईको जिल्ला–जिल्लामा पत्रकार सम्मेलन गर्दै आएको बताउँदै थारूले आउने केही हप्तासम्म जस्तो सुकै प्रकृतिको आन्दोलन गर्र्ने चेतावनी दिए ।

थरुहट आन्दोलनमा प्रशासनका साथै अन्य पक्षहरुले दमन गर्दै आएको भन्दै आक्रोश पोख्दै थारूले भने–‘थारु समुदाय सबै युद्ध, आन्दोलन हेरी सक्यो, लडी सक्यो, धेरै रगतका खोला बगायो, अब उप्रान्त कसैले आन्दोलनलाई दमन गरेर देखाओस्, छातीमा गोली खान तयार छौ, थरुहट प्रदेश बनाएर छौड्छौ ।’ त्यस्तै उनले थरुहट आन्दोलनमा सबैको अधिकार समान रहने बताउँदै अखण्ड सुदूर पश्चिम पक्षधरहरुलाई आपस मिलेर जान आग्रह गरे । ‘आउनुस् हामी सबै पक्ष मिलेर जाउ, हामी आफ्नो प्रदेश आफै बनाउ’, उनले भने । सयौंको जनसहभागिता रहेको विरोध प्रदर्शन धनगढीको क्याम्पस चौंक हुदै ट्राफिक चौराहामा पुगी कोण सभामा परिणत भएको थियो । कोणसभामा लक्ष्मण थारू सहित सदभावना पार्टीका केन्द्रीय सदस्य मुनेन्द्र सिंह, अनेस्वावियुका केन्द्रीय सदस्य रामचन्द्र चौधरीलगायतले सम्बोधन गरेका थिए । त्यस्तै ट्राफिक चोराहाबाट फर्किएको विरोध जुलुस एलएन चौंकमा पनि कोणसभामा परिणत भएको थियो । उक्त कोणसभामा थाकस कैलाली सचिव माधव चौधरी, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य होरीलाल चौधरीलगायत नेताहरुले सम्बोधन गरेका थिए