१४ औ अन्तराष्ट्रिय युवा दिवस विश्वभर मनाईदै

साउन २७, काठमाडौँ  – आज अगस्ट १२, अन्तराष्ट्रिय युवा दिवस, १४ औ अन्तराष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै छ । दिवसको अवसरमा आज विहानैबाट काठमाडौंमा ¥याली निकालिएको छ ।
¥यालीमा युवाको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरुको सहभागीता रहेको छ । यालीका सहभागीहरुले युवा स्वरोजगारको, उद्यमशिलता र शिक्षालाई विशेष प्राथमिकताका साथ दिनुपर्नेमा सरकारको ध्यानाकषर्ण गराए । शान्तिबाटिकाबाट शुरु भएको ¥यालीले नगरको विभिन्न ठाउँको परिक्रमा गर्दैछ ।
संयुक्त राष्ट्रसंघको साधारण सभाले सन १९९९ मा हरेक वर्ष अगस्ट १२ का दिन अन्तर्रा्ष्ट्रिय युवा दिवस मनाउन गरेको निर्णयसँगै सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २००४ देखिमात्र अन्तर्रा्ष्ट्रिय दिवस मनाउन थालिएको हो।