काठमाडौंको कालिमाटी केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प

साउन २६, काठमाडौँ – काठमाडौंको कालिमाटी आसपासलाइ केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका प्रमुख लोक बिनय अधिकारीका अनुसार बिहान १० बजेर ४२ मिनेट जादा सो कम्पन महसुश गरिएको हो । मानिसहरु सडकमा निस्किएका छन् । एक्कासी भूकम्पको जट्काले भवनहरु हल्लिँदा कलाहल मच्चिएको थियो । स्कुल र कलेजमा रहेका विद्यार्थीहरु पनि कोलाहल गर्दै ग्राउण्डमा निस्किएको देखिन्छ ।

केही समय यता कमजोर पराकम्प महसुस भएपनि १२ बैशाखको भूकम्प भएको ४ महिना पुग्न लाग्दा अर्को झट्का महसुस भएको छ ।

भूकम्पको मापन आउन बाँकी रहेपनि मानिसहरु चिच्यउँदै भागाभाग गरेका थिए ।