ढाडे बिरालो समयको माग अनुरुपको गीत बनेको छ : गायक- प्रकाश कटुवाल

कमल न्यौपाने

नेपाली नारिहरुको महान पर्ब तीज नजिकिएसङै हाम्रो समाजमा छुट्टै रौनक छाउन थालेको छ । यतिबेला तीजको रौनक हाम्रा कलाकारकै कारण अझ बिशेष र धेरै पहिले देखी नै तातेको छ । यसबिचमा थुप्रै तीजका गीतहरु बजारमा आउने क्रम पनि जारी छ । कतिले समाजका यथार्थ प्रस्तुत गरेकाछन त कतिले अश्लीलाता । जसरी पहिले पहिले तीजका गीतमा घरमा हुने गरेका समस्या, दिदी बहिनिका दु:खका बेदना, सासु बुहारीका जुहारी तेस्तै श्रीमान र श्रीमतिका वार्तालाप हुन्थे । अचेलका गीतमा ति कमै मात्रामा देख्न सकिन्छ । बिगतका केही बर्षदेखी तीजका गीतमा पनि अङ प्रदर्शनले डेरा जमाउन थालएको छ । समयको माग र बढ्दो बिकाससङै हामी पनि परिवरतित हुनुपर्छ भन्नेको एउटा जमात छ भने अर्कोतर्फ हामी हाम्रो धर्म र पहिचान अनी कलालाई जोगाउनुपर्छ भन्ने जमात छ ।

यसैबिचमा हामी समय र आधिनिक मागसङै अघी बढ्नुपर्छ भन्दै गायक प्रकाश कटुवाल अघिल्लो बर्ष पिठ्युमा कनाईदेउ र अहिले ढाडे बिरालो बोलका केही अश्लीलाता झल्किने गीत बजारमा ल्याकाछन । उनका शब्द र गीतको भिडियोमा जसरी कलाकारलाई प्रस्तुत गरिएको छ सो अनुसार थुप्रै नकारात्मक चर्चाहरु एतिबेला भईरहेकोछ । हुन त् उनको अघिल्लो बर्षको तीज गीत पनि बिबादमा नतानिएको भने हैन तर सो गीतबाट उनले निक्कै ठुलो सफलता हासिल गरेको भन्नबाट भने पछी हटेनन । अहिलेको उनको गीत चोरी खान पल्केको यो ढाडे बिरालोको शब्द र तेस्मा ज्योति मगरले गरेको पहिरनले निक्कै चर्चा बटुलिरहेकोछ । सामाजिक सन्जाल होस् या अन्य कुनै ठाउँ जहातही उनको गीतको र ज्योति मगरको पहिरनको नकारात्मक प्रतिकृयाहरु आइरहेकाछन । कतिपयले त सो गीतलाई बन्देज गरी सामाजिक बिक्रिती भित्रनबाट बचाउनको लागि समेत गर्नुपर्ने माग गरेकाछन । उत्तेजक अंगप्रदर्शन गरेर रत्यौली गीत गाएर, नाचेर निश्चित ठाउमा देखाउने गीतलाई पवित्र तीज चाडको बदनाम गराउने गरेको समेत कतिपयले सामाजिक सन्जालमा प्रस्तुत गरेकाछन ।

यसैबिचमा सो गीतका गायक तथा सर्जक प्रकाश कटुवालसँग  कमल न्यौपानेले केही सिधा प्रश्न राख्नु भएकोछ । उक्त कुराकानी :

तपाईको गीत अहिले निक्कै चर्चामा रहेकोछ नि ,यस्तो हाम्रो समाजमा पचाउन सकिन्छ र ?

यस्ता गीतहरु आज मात्रा हैन हिज पनि आएकाथिए । यो तीजमा मात्रा होइन अरु बेला पनि आउने गरेकोछ । हाम्रा दर्शकले हेरिरहनु भएकोछ त । यो मेरो पहिलो पटक होइन तर यो गीत अहिले केही बिबादमा तानिन पुगेकोछ । गएको बर्ष पनि मैले पिठ्युमा कनाइदेउ भन्ने गीत बजारमा ल्याएको थिए, त्यो पनि बिबादमा आएकै हो । तर त्यो निक्कै चर्चित भो, दर्शक श्रोताले खुबै मन पराउनु भो । धेरैले हेर्नुभो । अब यस्लाई कसरी दर्शकले रुचाउदैनन भनौ ।

चर्चा कमाउनको लागि गर्नु भएको हो यस्तो ?

अब गीत बजारमा ल्याइसकेसी आफ्नो गीत चलोस भन्ने कस्को मन हुँदैन र । तर पनि कतिपय सफल हुन्छन त कतिपय असफल हुन्छन । कोही चाहदाचाहदै पनि असफल हुन पुग्छन । दर्शकले मन पराउदैनन ति रचना र प्रस्तुतिलाई । मैले ३०० जती गीत बजारमा प्रस्तुत गरिसकेकोछु कोही शब्द छन त कोही मेरै आवाजमा छन । जस्मध्य थुप्रैले राम्रो चर्चा पाएकाछन । अब कमिकमजोरी र नकारत्मक चर्चा त राम्रो गीतको पनि हुन्छ हाम्रो समाज । तेसैको मारमा म परेकोछु । अघिल्लो बर्ष पनि तेस्तै भो र अहिले पनि । अझ अघिल्लो बर्षको गीतलाई त ब्यान्ड समेत गर्ने कुराहरु भएकाथिए तर हुन सकेन । दर्शकले निकै रुचाए र मलाई सो गीतबाट अझै अघी आउन मद्दत पुग्यो । मेरो पनि मन दर्शक श्रोतामाझ चिनिने हो ।

तीजमा यस्तै समाजमा नपच्ने खालका गीतनै बजारमा ल्याउनु पर्ने हो र ?

यो गीतमा कुनै अपाच्य छैन । जसरी हाम्रो समाज चलेको छ तेसैगरी मेरो गीत पनि छ । हामी अहिले २१औ सताब्दीमा छौ र समयको माग जस्तो छ सोही अनुरुप हामी चल्न सक्नुपर्छ । यदी समयको माग अनुसार चल्न सकिएन भने पछी परीन्छ त्यो पक्क हो । हिज पनि मेरो यो गीत जस्तै अन्य थुप्रै गीतहरु बजारमा आएकाथिए । उध्रेको चोलीमा सुश्मा कार्कीको अभिनय र पोइला जान पाम भन्नेमा समेटिएको शब्द जस्ता अन्य थुप्रै छन । तर किन बजार तताउन तिनै सफल भए त । यो परिस्थितीमा केही फरक गर्नु पर्छ र यदी सो गर्न सकिएन भने पछी परीन्छ । थुप्रै प्रतिस्पर्धाहरु छन । मेरो गीत बजार र अहिलेको युवा समुदायको माग हो ।

थुप्रै नकारत्मक चर्चा परिचर्चाहरु भईरहेका छन त अहिले साङगितिक बजारमा तपाईको भिडियोकै कारण ?

आजभोली हाम्रा दर्शक श्रोता पहिले पहिलेका गीतहरु रुचाउन्नन । जस्को ज्वलन्त उदाहरण हो ढाडे बिरालो । तपाई पहिलेका गीत र अन्य गीतहरु हेर्नुस् युटुबमा कती जनाले हेर्नु भएको छ तेसैबाट थाहा हुन्छ नि । दर्शक र श्रोताको माग के कस्तो छ भनेर । किन हिजका चेलीबेटिका बेदना समेटिएका गीत हेर्न खोज्दैनन, किन केही अङ प्रदर्शन भएका गीतमा मात्रै धेरै भ्यु हुन्छन त । अब भिडियोको कुरा गर्दा ज्योति मगरको कुरा सबैलाई थाहा छ । ज्योतिले यो पहिलो भिडियो हैन जस्मा छोटो लुगा लगाएको र केही हदसम्म एस्मा नयापन चाँही छ । अब ज्योतिले लगाउने कुरामा हामीले केही भन्न सक्दैनौ । ज्योतिको इच्छा र चाहना अनुरुप यो भिडियो निर्मान भएकोछ । ज्योतिलाई जस्तो मन पर्छ सोही अनुरुप हामीले गरेको हो ज्योतिको अन्य भिडियो सरह नै यो रहेकोछ ।

तपाईले बजारमा हिट हुनकै कारण ज्योति मगरलाई तीजको भिडियोमा राखेको हो र ?

जसो भन्न पनि मिल्छ । भन्नेको मुख छोप्न त कहाँ सकिन्छ र । अब दर्शकको अत्याधिक माग यो बेला ज्योति मगर रहेकोछ तेसैले पनि मैले आफ्नो गीतमा राखेको हुँ । देश होस या बिदेश जहातही ज्योतो मगरकै माग छ र ज्योतिको यस्तै प्रस्तुती हेर्नै थुप्रै पैसा तिरेर दर्शक झुम्मिने गरेको त सबैलाई अवगत नै छ । अब मलाई पनि लगानी गरेसी र आफ्नो प्रस्तुती सफल बनाउन मन त पक्कै हुदो होला तेसैले ज्योतिलाई लिएको हुँ । अब हाम्रो समाज सुन त सबैलाई पच्दैन । कसैले तेही सुन गलामा लगाएर हिड्छन त कसैलाई तेही सुनले एलर्जी हुने भएकोले लगाउदैनन । अब सुन र हिरा त सबैलाई मन पर्दैन भने गीत त अलगै कुरा भो । यदी मेरो गीतको भिडियो राम्रो नभएको भए त त्यो गीत कसैले नहेर्नुपर्ने हो फेरी किन अरु भन्दा धेरैले हेरेका छन त । हेर्दासम्म हेर्ने अनी एउटैले पटक पटक हेरेको तथ्यांक हामीले पाएकोछौ । अब कमेन्टको कुरा गर्ने हो भने त राम्राको पनि कमेन्ट आउछ नि त तेसैले ति कमेन्टलाई पचाउन सक्नुपर्छ । मेरो गीतमा नराम्रोसङै राम्रो भन्नेको पनि त ओइरो छ त्यो के भन्नु ।

गायक प्रकाश कटुवालले गीत संगीतको क्षेत्रमा बिकृती भित्रायो भन्छन नि ?

यस्लाई बिकृती होइन बरु समयसँगै परिवर्तित हुन जानेको छ प्रकाश भन्दा राम्रो होला । हिज हाम्रो समाजमा ५००/१००० को साडी लागाएर तीज मनाउनेले आज २५/३०००० का साडी लगाउछन । हिज दही चिउरा र सामान्य खानपानमा मनाउने गरेको तीज आज महङगा महङगा पार्टी प्यालेसमा गएर थुप्रै खर्छ गरेर मनाउने गरिएको छ । यो सब परिवर्तन हुँदै गएसी हामी कलाकारले पनि आफ्नो शैली र प्रस्तुतिमा किन परिवर्तन नगर्ने । सोही अनुरुप मैले एस्तो गरेको हो । मैले कुनै गलत गरेको छैन । अहिलेको समय जे जसरी चलेको छ र यो समयमा जस्तो गर्दा उचित हुन्छ तेही गरेको छु । अब हिज जस्तौ पुरानो पाराको गीत निकालेर आफु डुब्न त मलाई नि कहाँ मन हुन्छ र । हिजको युगलाई अङगालेर अघी बढ्न सकिन्न बरु पछाडि पारीन्छ । केही नयापन भने पक्कै छ र केही नयाँ शैलिमा मैले गीतहरु गर्न रुचाउने भएकोले यो भएको हो । गलत केही भएको छैन ।

अन्तमा के भन्नुन्छ ?

यती भन्छु मेरो गीत राम्रो बनेको छ तेसैले धेरै भन्दा धेरै दर्शकले हेर्नुभएको छ, मन पनि पराउनु भएकोछ । यदी गलत गरेको भए र नराम्रो गरेको भए त कसैले नहेर्नु पर्ने हो । जो जस्ले एस्को गलत प्रचार गरेकाछन तिनिहरुले पनि धेरै पटक हेरेकाछन । अहिले बजारमा आएका मध्य सबै भन्दा धेरै मेरै गीत हेरिएको छ कारण राम्रो भएरै होला । केही फरक गरेकोछु तेसैले दर्शक अनी श्रोताले मन पराउनु भएको छ । आगामी दिनमा पनि यसैगरी साथ र सहयोगको अपेक्षा गर्दछु । बिशेष त मेरा कुरा प्रस्तुत गर्न दिनुभएकोमा तपाई कमल जि लाई पनि धेरै धेरै धन्यवाद र सम्पूर्ण दर्शकलाई यती भन्न चाहन्छु राम्रो गीत बनाएकोछु माया गरिदिनुहोला ।

भिडियो हेर्नुस ढाडे बिरालो तीज गीतको