म्यानचेस्टर सिटीको विजयी सुरुवात, वेष्ट ब्रोमको पोष्टमा ३ गोल

साउन २६, काठमाडौँ – उपाधि दावेदार म्यानचेस्टर सिटीले नयाँ सिजनको इङ्लिस प्रियिमर लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।सोमबार राती भएको खेलमा वेष्ट ब्रोमविच आल्बियोनलाई ३–० ले हराउँदै म्यान सिटीले लिगमा शानदार सुरुवात गरेको हो ।

खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन यायाटुरेले दुई गोल गरे भने भिन्सेन्ट कोम्पानीले एक गोल गरे । आफ्नै मैदानमा पराजित भएसँगै वेष्टब्रोमले भने नयाँ सिजनको लिगमा खराब सुरुवात गरेको छ ।
यही हप्ता सुरु भएको इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष क्लवहरु म्यान्चेस्टर युनाईटेड र लिभरपुलले पनि विजयी सुरुवात गर्दा चेल्सी बराबरीमा रोकिएको छ भने आर्सनल पराजित भएको छ ।