नागरिकको आन्दोलनले उग्ररुप लियो, एकको मृत्यु आधा दर्जन घाइते

साउन २५, सुर्खेत – सुर्खेतमा प्रहरीको गोली लागी एकको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागी एकको मृत्यु भएको छ तर स्थानिय प्रशासनले कसैको पनि मृत्यु नभएको जानकारी दिएको छ ।

संघीयताको सीमांकनप्रति असन्तुष्टि जनाउँदै सुर्खेतमा थालिएको आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले निशेधाषा जारी गरेको छ ।
सीमांकनप्रति विरोध जनाउँदै सुर्खेत बन्द गरी प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच ठाउँ–ठाउँमा झडप हुँदा प्रहरीले स्थिति नियन्त्रणमा लिन २५ राउण्डभन्दा बढी हवाई फायर गरेपनि अवस्था पूर्ववत् नभएपछि स्थानीय प्रशासनले दिउँसो एक बजेदेखि राति नौं बजेसम्मका लागि वीरेन्द्रनगर क्षेत्रमा निशेधाज्ञा जारी गरेको हो । प्रर्दशनकारीले नेपाली कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काको घरमा ढुंगा–मुढासमेत गरेका छन् ।
खडकाको घर सुरक्षाको लागि खटिएको जिल्ला प्रहरी कार्यालयको गाडीमा पनि आगजनि गरिएको छ । प्रदर्शनकारीले नेपाली कांग्रेस, एमाले, एकीकृत माओवादीका पार्टी कार्यालयमा तोडफोड गर्दै सामानहरु बाहिर निकालेर आगो लगाएका छन । बन्दकर्ताले जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य, झुप्रा वृहत्त खानेपानी तथा सरसफाई कार्यालयमा पनि तोडफोड गरेका छन ।
प्रहरीले दर्जनौं राउण्ड हवाई फायर गरेको छ । मध्यपश्चिमाञ्चलका तीन जिल्लालाई कर्णालीसँग मिसाइएको भन्दै सुर्खेत बन्द आह्वान गरिएको हो । कर्णालीका पाँच जिल्लासहित भेरीका सुर्खेत, जाजरकोट र दैलेखलाई सुदूरपश्चिमको क्षेत्रमा पारिएपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।
बन्दमा जिल्लाका सबै राजनीतिक दल, संघसंस्था तथा स्थानीयले समर्थन गरेका छन् । बन्दका कारण यातायात, बजार र शिक्षणसंस्था ठप्प छन् । मध्यपश्चिमलाई अखण्ड भएको घोषणा नभएसम्म आन्दोलन नरोकिने संघर्ष समितिले चेतावनी दिएको छ ।