प्युठानमा यात्रुबस दुर्घटना हुदा ९ जनाको मृत्यु

साउन २५, प्युठान – प्यूठानमा सोमबार दिउँसो भएको बस दुर्घटनामा हुदा ९ जनाको ज्यान गएको छ । सदरमुकाम खलंगाबाट बांगेफेदी जाँदै गरेको यात्रुबाहक बस प्युठान नगरपालिका वडा नं–३ मा दुर्घटना भएको हो ।

मत्यु भएकामध्ये प्युठान नगरपालिका–१४ की माया केसी, प्युठान तोरवाङका नरेन्द्र जिसी, प्युठान लाम्बेलाकी जुन विक र दाङकीसीता पण्डितको सनाखत भएको छ ।
दुघर्टनामा १९ यात्रु घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वर्गद्वारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ना३ ख ८३८३ नम्बरको बस सडकबाट ५० मिटर तल खोँचमा खसेको थियो ।