२० रुपैयाँ दिन्छु भन्दै बलात्कार !

साउन २४, बाँके – छोरी नाता पर्ने सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा कोहलपुर-४ का ६० वर्षका तुलबहादुर शाही पक्राउ परेका छन् ।

सापटी लिएको २० रुपैयाँ फिर्ता दिने भन्दै बोलाएर गत वैशाख ५ गते शाहीले घरनजिकैको खोलामा लगेर बलात्कार गरेको बालिकाका परिवारको उजुरीका आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।
केही समययता बालिकामा अस्वभाविक रुपमा दुब्लाउने र टोलाइरहने समस्या देखिएपछि सोधपुछ गर्दा घटनाबारे थाहा पाएको बालिकाका आफन्तले जनाएको नागरिकमा खबर छ । परिवारले घटना थाहा पाएर असार २४ गते प्रहरीमा उजुरी गरेयता शाही फरार थिए ।
‘२० रुपैयाँ सापटी रकम फिर्ता गर्ने भन्दै बोलाएर बलात्कार गरेको बालिकाले बयान दिएकी छन्’ कोहलपुरका डिएसपी टिकाबहादुर शाहीले बताए । मेडिकल रिर्पोट आउन बाँकी रहेको र रिपोर्ट आउनासाथ अदालतमा पेस गर्ने शाहीले बताए ।