पहिलो चोटि थामी सँस्था गाँउमा आँउदा अति नै खुसी छौ

कविन थामी

विनासकारी भुकम्प र बाढीपहिरोका कारण जोखिमयुक्त सिन्धुपाल्चोकजिल्ला स्थित धुस्कुन, चोकटी र पिस्कर लगायत अन्य गाविसमा थामी जातिको संख्या धेरै रहेको पाइन्छ । त्यहाको थामी जातिको रितिरिवाज चालचलन,भााषा भेषभुषा संस्कार संस्कृति केहि फरक भएतापनि अन्य ठाउको तुलनामा मिल्दोजुल्दो रहेका पाइन्छ ।

त्यस्तै नेपाल थामी विद्याथी संघ र नेपाल थामी युवा संघको संयुक्त सहयोगमा शैक्षिक सामाग्री राहतसहित हामी सात जनाको टोली त्यस ठाँउको धुस्कुन गाविस–८ पर्ने सेतिदेवी प्राथामिक विद्यालय पुगेका थियौ हामी त्यहि पुग्ने बितिकै विद्यालयका स–साना बालबालिकाहरु हामीलाई देख्ने बितिकै रमाइरहेका थिए सायद उनीहरुको मनमा लाग्यो होला हामीलाई सहयोग गर्ने केहि सहयोगी दाताहरु आएका होृला भन्ने हाम्रो टोलीहरु उकालो माडिन्दै गएका थियौ विद्यालयको नजिकै गाडीबाट ओर्लियौ विद्यालय वरिपरि अवलोकन गर्दा सबै गाँउ बस्तीहरु भुकम्पले तहसनहस बनाएको थियो माथि–माथिको पहाडहरु सबै चर्किएकाले भुकम्पका पराकम्पनले जुरेको जस्तै पहिरो जान्छ की भन्ने त्यँहाको बासिन्दाहरुमा एकखालको त्रास सिर्जना भएको थियो र कुनै–कुनै बस्तीहरुमा माथिबाट पहिरो आउछ की भन्ने डरले अन्यत्र सुरक्षित ठाँउमा बसाई सरि बस्तीहरु शुन्य थिए ।
केहि समयपछि विद्यालयका प्र.अ बेदबिक्रम कार्की व्यवस्थापन समितिका अध्यक्ष आशिस थामी हामीलाई देख्नसाथ मिठो मुस्कानका साथ हामीलाई स्वागत गर्दै खुसी भए अनि परिचयत्मक कार्यक्रम भयो सबैले आ–आफ्नो परिचय दिदै अनि हाम्रो टोलीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्र.अ सँग विद्यालयको आर्थिक,भौतिक र सामाजिक र विद्यार्थीको शैक्षिक क्षेत्रमा भुकम्पले पारेको असर बारे केहि जानकारी लिन चाहयौ विनाशकारी भुकम्पले गर्दा विद्यार्थीलाई बाटोमा पाल ओछ्याई विहानको समयमा अध्यान र अध्यापन गर्नुपर्ने थियो पहिला तर अहिले अस्थायी टहरा निर्माण भएको कोहि विद्यार्थीहरु भुकम्प र पहिरोको त्रासले विद्यालय अनुपस्थित भएको उपस्थित भएपनि उनीहरुमा मानसिक तनावको कारणले पढ्न नचाहने विद्यालयको भवन जोखिम रहेको समेत समस्य विद्यालयका प्र.अ र व्यवस्थापन समितिका अध्यक्षले बताउनुभयो ।
नेपाल थामी विद्यार्थी संघबाट ३ जना र युवा संघबाट ४ जना जम्मा सात जना साथीहरु थियौ अब हामी गन्तव्य स्थनमा पुग्यौ सानो कार्यक्रम राखी भोलि सबै विद्यार्थीहरुलाई बोलाएर राहत सामाग्री वितरण गर्नुपर्छ भनी साथीहरु समक्ष निर्णय लियौ भोलिपल्ट विहान उठ्दा नउठ्दै सबैजना विद्यार्थीहरु,शिक्षकशिक्षिका,अभिभावक, गाँउका राजनितिक पार्टीका बुद्धिजिवीहरुको भेला भयो १०० भन्दा बढी थामी विद्याथीहरु प्रतिविद्यार्थी एक दर्जन कपी, कलम, पेन्सिल र शैचालय निर्माणको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई नगद रु.५०००(पाँच हजार) सहयोग गरेका थियौ सोहि अवसर पारेर नेपाल थामी विद्यार्थी संघ ९ सदस्यीय पदाधिकारीहरु राखी गाँउ इकाई कमिटी पनि गठन भयो ।
सोहि दिन राहत वितरण कार्यक्रम समाप्त भएपछि पिस्कर हत्याकाण्डमा शहिद भएका थामी शहिदहरु बीर बहादुर थामी र इली थामीको सालिकमा फुलमाला अर्पण गर्न पुगेका थियौ थामी शहिदहरुप्रति फूलमालाले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै फेरि हामी गन्तव्य स्थान तिर ओरालै ओरालो बाटो लाग्यौ ।
पिस्करबाट धुस्कुन गाविसको तल्लो गाउमा आउदा गाँउको थामी स्थानीय बासिन्दा एवम नेपाली कांग्रेस जिल्ला तिलक थामी र एमाओबादीका जिल्ला सदस्य जितलाल थामीको घरमा बसी उनीहरु सँगै मिलेर खाना खायौ ।
धुस्कुन गाविसका थामी जाति अत्ति नै दयनिय स्वभावका थिए टाढा–टाढाबाट आउने थामी पाहुनाहरुलाई सम्मान गर्ने जस्ता थामीको सँस्थाहरुको इतिहासमा हालसम्म कुनै पनि संस्थाको केन्द्रिय अध्यक्ष आगमन नभएको यसपाली भेट्न पाएकोमा धेरै खुसी भएको सबै गाँउका थामी बासिन्दाहरुले गुनासो गर्दै आगमी दिनमा पनि सहयोगको अपेक्षा राख्दै हामी समक्ष बिदाईका हातहरु हल्लाउदै हामी बिदावारी भयौ ।
पक्कै पनि हाम्रो सानो सहयोगले ती बालबालिकाहरुको भविष्य उज्वल हुनेछ आजको ऊ कोपिला हो भने भोलि फक्रेर ऊ फुल बन्नेछ ।