एसएलसी पूरक परीक्षाको सम्पूर्ण तयारी पूरा

साउन १९, भक्तपुर – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन २० गते देखि सुरु गर्ने एसएलसी पूरक (मौका) परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ ।

विसं २०७१ को एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन गर्ने मौका परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले सोमबार जानकारी दिए । उनका अनुसार कुल एक लाख २४ हजार २५१ जना परीक्षार्थी सहभागी हुने परीक्षाका लागि कार्यालयले देशभर कुल २४७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षाका लागि आवश्यक सम्पूर्ण सामग्री सबै जिल्ला पु¥याइसकिएको बताउँदै उनले पूरक परीक्षाको परीक्षा केन्द्र सदरमुकाम केन्द्रित गरिएको बताए ।
परीक्षामा एक विषयमात्रै परीक्षा दिने ५५ हजार ४७४ जना र दुई विषयमा परीक्षा दिने ६८ हजार ७७७ जना रहेको उनले जानकारी दिए । बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा साउन २७ गते सम्पन्न हुनेछ ।