ग्यासको मूल्य ३५ रुपैयाँ घट्यो

साउन १८, काठमाडौँ – खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ३५ रुपैयाँ घटेको छ। नेपाल अायल निगमले अाइतबार साँझ ग्यास सहित पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निमगले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा मूल्य घटाएको छ।

घटेको मूल्यअनुसार उपभोक्ताले ग्यास प्रतिसिलिन्डर १४३५ तिर्नु पर्नेछ। यसअघि यसको मूल्य १४७० प्रतिसिलिन्डर थियो। पेट्रोल प्रतिलिटर १ सय ६ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ भने डिजेल र मट्टितेललाइ ८४ रुपैयाँ प्रतिलिटर पर्नेछ।