जर्मन सुपर कपको उपाधि उल्फबर्गले जित्यो

साउन १७, काठमाडौँ – यस वर्षको जर्मन सुपर कप फुटबल प्रतियोगिताको उपाधि उल्फबर्गले जितेको छ । जर्मन कप र लिग विजेताबीच हुने यो खेलमा उल्फबर्गले बायर्न म्युनिखलाई पेनाल्टी सुट आउटमा हराएको हो ।

खेलमा बायर्नका आर्यन रोबेन र उल्फबर्गका निक्लस बेन्ड्टनरले एक–एक गोल गरेपछि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकियो ।
यसपछि थपिएको अतिरिक्त समयमा पनि गोल नभएपछि खेलको निर्णय टाईब्रेकरमा गरिएको हो । टाईब्रेकरमा उल्फबर्ग ५-४ ले विजयी भयो ।
बायर्न म्युनिखका जाभी अलन्सो गोल गर्नबाट चुकेपछि उल्फबर्ग विजयी भएको हो ।
जर्मन सुपर कप फुटबललाई नयाँ सिजनको सुरुवाती खेलको रुपमा लिइन्छ । जर्मनीको शीर्ष डिभिजनको लिग फुटबल बुन्डेस लिगा अर्को हप्ता सुरु हुँदैछ ।