इजिप्टको एक फर्निचर उद्योगमा आगलागी हुँदा कम्तिमा २५ जनाको ज्यान गयो

साउन १३, काठमाडौँ – इजिप्टको एक फर्निचर उद्योगमा आगलागी हुँदा कम्तिमा २५ जनाको ज्यान गएको छ । राजधानी कायरोबाट उत्तरतर्फ रहेको ओवोर शहरको एक फर्निचर उद्योगमा भएको आगलागीमा परी अरु २२ जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो ।

आगलागी भएको फर्निचर उद्योगले सरकारको तर्फबाट प्रदान गरिने सुरक्षा प्रमाणपत्र प्राप्त नगरेको त्यहाँका सरकारी सञ्चार माध्यमले जनाएका छन् । आगो नियन्त्रणमा लिनका लागि २० भन्दा धेरै वारुणयन्त्र प्रयोग गरिएको थियो ।