शुक्रबार अन्तर्रा्ष्ट्रियतर्फ २८ विमानको आगमन

शुक्रबार अन्तर्रा्ष्ट्रियतर्फ २८ विमानको आगमन र २८ कै प्रस्थान गरी ५६ वटा उडानतालिका रहेको छ भने आन्तरिकतर्फ ५६ वटा बिमानले उडान भर्ने र अवतरण गर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

त्यस्तै आजका लागि एउटा माउन्टेन फ्लाइटको उडान तालिका रहेकोे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी नायव उपरिक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।

विगत २४ घण्टामा नागढुंगा, भक्तपुर, फर्पिङ्ग र मुड्खु नाका प्रयोग गरी ८ हजार ८ सय ७१ वटा सवारी साधनमा ६८ हजार ६ सय ९६ जना यात्रु उपत्यका भित्रिएका छन् भने ८ हजार ७ सय ८१ वटा सवारी साधन प्रयोग गरी ६४ हजार ५ सय ८४ जना यात्रु उपत्यकाबाट बाहिरीएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।