बुटवल उपमहानगरपालिका तेश्रो पल्ट उत्कृष्ट

साउन ८, काठमाडौँ – बुटवल उपमहानगरपालिका न्युनतम शर्त तथा कार्य सम्पादन मापन मूल्याँकनमा लगातार तेश्रो पल्ट उत्कृष्ट भएको छ । आर्थिक बर्ष २०७०र०७१ को मूल्याँकनको नतिजा अनुसार ९१ अंक प्राप्त गरी बुटवल उपमहानगरपालिका तेश्रो पल्ट उत्कृष्ट भएको कार्यकारी अधिकृत धु्रबवहादुर खड्काले जानकारी दिनुभयो ।
उत्कृष्ट घोषणा भएसँगै बुटवल उपमहानगरपालिकाले प्रस्ताव गरेको एउटा परियोजनाको लागि स्थानीय विकास मन्त्रालयले ७० लाख रुपैयाँ लगानी गर्नेछ भने थप २० प्रतिशत पूँजीगत अनुदान पनि उपमहानगरपालिकालाई प्राप्त हुनेछ ।
बर्षेनी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्ला विकास समिति, नगरपालिका र गाविसको कार्य सम्पादन मापनको मूल्याँकन गरेर पुरस्कार र दण्ड दिने गर्दछ ।