‘सुझावको कदर हुन्छ’-केपी ओली

साउन ७, कास्की – एमाले अध्यक्ष केपी ओलीले मस्यौदामा आएको जनताको सुझाव अनुसार संविधान निर्माण हुने बताएका छन् । उनले धेरैलाई सुझाव संकलन नाटक जस्तो लागेपनि सुझावको कदर हुने दावी गरे ।

एमाले जिल्ला प्रतिनिधी परिषदको बिहीबार पोखरामा उदघाटन गदै ओलीले १६ बुँदे सहमतिले विवादको विषयलाई टुङ्गो लगाएको उल्लेख गर्दै भने-‘कतिलाई ओली र पुष्पकमल दाहाल मिल्लान भन्ने लागेको थिएन । तर, हामीले सहमति गरेर देखायौं ।’ उनले एमाओवादीको गलत विचारको बिरोध गरेपनि दाहालसँग बोलचाल बन्द नभएको उनको कथन थियो । माओवादीमा आएको परिवर्तनले सहमति सम्भव भएको उनले बताए ।

‘काग्रेस पनि परिवर्तनमा केही हच्किन्छ तर अहिले माओवादी र कांग्रेसले संविधानसभामा सहमति जनाएकै हुन’ उनले भने- ‘संविधान नेता र पार्टीका निम्ति हैन, देशका निम्ति चाहिएको हो । संविधान बनेको एक वर्ष भित्रमा सबै विषयको टुंगो लाग्छ ।’