सञ्चारकर्मी चिरञ्जीवि सापकोटा “अन्तरमनका कुरा”बाट मोडलिङमा जम्दै

काठमाडौँ – लामो समयदेखि सफल र सशक्त सञ्चारकर्मीका रुपमा स्थापित चिरञ्जीवि सापकोटा अब रंगीन पर्दामा पनि देखिने भएका छन् । सफल अभिनय, सशक्त आवाजसंगै हरेक कुराको क्यारिकेचर गर्न सक्ने अब्बल क्षमताशिल सापकोटाले अन्तरमनका कुरा बोलको गीतबाट मोडलिङ क्षेत्रमा डेब्यु गरेका हुन् ।

उनका कमेडी टेलिश्रृङखलाहरु यसअघि पनि सार्वजनिक छन् । विरेन्द्रनगर सुर्खेतका सापकोटा विगत दुईबर्षदेखि राजधानीमा मोडलिङका लागी संघर्षरत उनी रंग पत्रकार समेत हुन् । सिर्जन बरालको निर्देशनमा तयार भएको म्युजिक भिडियोको गीतमा चर्चित लोकदोहोरी गायिका टिका पुन र नविन रावलको सुमधुर स्वर छ ।

शब्द, र संगित समेत आफैले गरेका नविनको लोकदोहोरी गीतमा सापकोटाले सुर्खेतकै चेली मोडल तथा अभिनेत्री निरुता शाहीसंग ‘अन्तरमनका कुरा’ खोलेका छन् । सुटिङ सकिएको भिडियोलाई जनता डिजिटल म्युजिक कम्पनीले चाडैँ नै बजारमा ल्याउदैछ ।

रेशम दर्लामीले छायांकन गरेको भिडियोमा मरभुमीको मेकअप देखिनेछ । किशोर अवस्थादेखि नै सडक नाटकबाट अभिनय शुरु गरेका सापकोटा अहिले थियटर नाटकमा पनि क्रियाशिल छन् । हास्यटेलिऋङ्खला चटारोको सफल निर्देशन गरिसकेका चिरञ्जीवि सापकोटा (जीवि चिरन नामले) मध्य र सुदुरपश्चिमका चर्चित कहलिएका सञ्चारकर्मी हुन् ।