जनताको राय समेटेर श्रावणभित्रै संविधान : सभाध्यक्ष

साउन ५ , काठमाडौँ – संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले जनताको राय–सुझाव लिने काम सफलतापूर्वक सम्पन्न भएकाले श्रावण मसान्तभित्र संविधान जारी हुने दाबी गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मदन भण्डारी अध्ययन केन्द्रले बुझाएको सुझाव लिँदै सभाध्यक्ष नेम्वाङले सम्भव भएसम्म जनताको राय समेटेर संविधान जारी गरिने बताए ।

सभाध्यक्ष नेम्वाङले मस्यौदा अझै तीन चरणमा परिमार्जन गर्न सकिने भन्दै बढीभन्दा बढी सुझाव दिन आग्रह गरे ।

एमाले सचिवसमेत रहेका मदन भण्डारी अध्ययन केन्द्रका अध्यक्ष योगेश भट्टराई नेतृत्वको टोलीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने, स्थायी संवैधानिक अदालत, पाँच प्रतिशतको थ्रेस होल्ड, संवैधानिक अंगका प्रमुख तथा सदस्यहरु र सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको पुनर्नियुक्ति हुनुपर्नेलगायतका १६ बुँदे सुझाव दिएको छ ।