भन्सार दर घट्दा सुनको भाउ घट्यो,चाँदी भने बढ्यो

साउन ४,  काठमाडौं –  बजेटमा भन्सार दर समायोजन संगै स्थानीय बजारमा सुनको भाउ सस्तो भएको छ भने चाँदीको केही बढेको छ ।
आइतबार स्थानीय बजारमा सुन तोलाको ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सरकारले सुनमा लगाउँदै आएको भन्सार दर घटाएपछि उपभोक्तालाई तोलामा करिब १ हजार २ सय रुपैयाँ फाइदा भएको हो । तर, चाँदीको भाउ भने केही बढेको छ ।
सरकारले चाँदीमा लगाउँदै आएको भन्सार दर बढाएका कारण चाँदीको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनमा भन्सार दर घटाउन र चाँदीमा बढाउन आग्रह गर्दै आएको थियो ।
व्यवसायीहरुको कुरा सरकारले सुनिदिएकाले अन्तर्राष्ट्रिय बजार संगै नेपाली बजारमा प्रति दशग्राममा थप हजार रुपैयाँ सस्तो हुन गएको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए ।
सुनमा भन्सार दर घटाउँदा कालोबजारी नियन्त्रणमा आउने र चाँदीमा भन्सार दर बढाउँदा सरकारलाई राजश्व बढ्ने अध्यक्ष शाक्यले बताए ।
आइतबार सुनको बजार भाउ करिब एक वर्षअगाडिको बराबरमा आइपुगेको जनाइएको छ ।