हङकङसँग नेपालको हार

असार ३१, काठमाडौँ – ट्वेन्टी ट्वेन्टी विश्वकप छनोट प्रतियोगिताअन्तर्गतको चौथो खेलमा नेपाल हङ्कङसँग पाँच विकेटले पराजित भएको छ ।

आयरल्यान्डको बेलफास्टमा भएको खेलमा हङ्कङले टस जिते पछि नेपालले ब्याटिङ गरेको थियो ।
hongkong
नेपालले निर्धारित २० ओभरको खेलमा पूरै विकेट गुमाएर हङ्कङलाई ११० रनको मध्यम स्कोरको लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा आएको हङकङको सुरुवात भने राम्रो थिएन् । सोमपाल कामीले हङकङका इरफान अहमदलाई आउट गरेपछि नेपालले आशा जगाएको थियो। तर पहिलो विकेट गुमाएपछि संयमित भएर खेलेको हङ्कङले दोस्रो विकेटका लागि अंशुमान राथ र निजाकात खानले महत्वपूर्ण ४८ रनको साझेदारी गरे। यो नै जितको मुख्य आधार बन्यो।
नेपालका बसन्त रेग्मीले चार ओभरमा १६ दिएर ४ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त भएन। नेपालको सुरुवात राम्रो भएन ओपनर सुवास खकुरेललाई दुई रनमा गुमाएको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल शून्य रन र कप्तान पारस खड्का एक रनमा आउट भएका थिए ।
१० ओभरको खेल सकिँदा नेपालले पाँच विकेटको क्षतिमा मात्र ३१ रन जोडेको थियो । त्यसैगरी सागर पुनले १२ लबमा एक चौकासहित ११, वसन्त रेग्मी १९ बलमा दुई चौकासहित ११, राजेश पुलामी मगर ३४ बल खेल्दै दुई छक्कासहित २५, प्रदीप ऐरी शून्य रनमा आउट भए ।
छैटौँ विकेटका लागि शरद भेषवाकर र राजेश पुलामी मगरले ४० रनको साझेदारी गरेपछि नेपालको स्कोर केही माथि उठेको थियो। शरदले २४ बलमा दुई चौका र एक छम्क्कासहित २७ रन बनाए भने पुलामीले दुई छक्काको मद्दतले २५ रन बनाएका थिए ।