व्यवस्थापिका संसदमा बजेटमाथिको छलफल आज पनि जारी

असार ३१, काठमाडौँ  –  व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७२ ७३ को बजेटमाथिको छलफल आज पनि जारी रहने भएको छ । सरकारले प्रस्तुत गरेको बजेटमा हिजोबाट छलफल सुरु भएको हो । आजको बैठकमा पेस्की खर्च विद्येयक पारीत गरीने तयारी भएको छ ।

भोलीबाट आर्थिक वर्ष सुरु हुने भएकाले अर्थमन्त्री डा. रामशरण महतले संसदमा जबाफ दिनु भए पछि आजै पेस्की विद्येक पारी त हुने भएको हो । संसद बैठकमा अर्थमन्त्री महतले सार्वजनिक गरेको बजेटमाथि सांसदहरुले टिप्पणी गरेका छन् । ‘आर्थिक वर्ष २०७२ ०७३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस’ भन्ने अर्थमन्त्री महतको प्रस्तावमा सांसदहरुले धारणा राखेका हुन् ।
यता सत्तारुढ दल नेकपा एमालेले सरकारले प्रस्तुत गरेको बजेटमा असन्तुष्टी जनाउँदै बजेट पारीत हुन नदिने चेतावनी दिएको छ । एकलौटी ढंगमा बजेट ल्याएको भन्दै एमालेले आफ्नो सुझाबका अनुसार परिमार्जन नगरे बजेट पारित हुन नदिने चेतावनी दिएकोे हो ।

संविधानको मस्यौदा माथि जनमत संकलनका लागी भोलीबाट सभासदहरु जिल्ला जिल्ला खटिने भए पछि विनियोजन बजेट माथि भने सावन सातबाट छलफल गर्ने संसदको तयारी रहेकोछ । एक साता सम्म सभासद जिल्ला जिल्लामा रहने भएकाले विनियोजन बजेट माथि छलफल पछि हुने भएको हो ।