हजार बढी डिभी र पिआरधारी कर्मचारीद्धारा राजीनामा

असार ३१, काठमाडौँ – विदेश स्थायी बसोवास अनुमति पत्र (पिआर), डिभी ग्रिनकार्ड लिएका एक हजारभन्दा बढी कर्मचारीले राजनामा दिएका छन् ।

वर्खास्त गर्ने कानुन ल्याउने तयारीकै वेला उनीहरुले राजीनामा दिएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् ।
डिभी–पिआर लिएकालाई वर्खास्त गर्ने प्रावधान सहितको कानुनी व्यवस्था ल्याएपछि पेन्सन समेत खोसिन सक्ने भयले ती कर्मचारीले राजीनामा दिएको मन्त्री पण्डितले बताए ।
उनले भने, ‘डिभी, पिआर भएका सयौं कर्मचारीले घरायसी, पारिवारिक तथा स्वास्थ्यसम्बन्धी समस्या देखाएर राजीनामा दिएको पाइएको छ ।
’ सामान्य प्रशासन मन्त्तालयको अध्ययन अनुसार डिभी र पिआर लिएका कर्मचारीको संख्या अझै एक हजार दुई सय देखि एक हजार पाँच समय सम्म छ । । निजामति सेवा ऐनकाृ चौथो संशोधनमा डिभी र पिआर भएका कर्मचारीलाई वर्खास्त गर्ने प्राबधान छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।