ग्रीसको भविष्यबारे यूरोजोनका अर्थमन्त्रीहरु गहन छलफलमा

असार २८, काठमाडौं – आर्थिक संकटमा फसेको यूरोपेली मुलुक ग्रीसलाई थप ऋण दिनेरनदिने बारेमा यूरोजोनका नेताहरुले घनिभूत छलफल गर्दै एक प्रस्ताव तयार गरेका छन् ।

ग्रीसले पेस गरेको आर्थिक सुधार प्याकेजमा थप विषय समावेश गराई यूरोजोनका अर्थमन्त्रीहरुले तयार पारेको प्रस्ताव अब यूरोपीय संघका नेताहरुको बैठकमा पेश गरिनेछ ।
टाट पल्टनबाट रोक्दै यूरोपीय संघबाट बाहिरिन नदिने उपायसहितको प्रस्ताव उनीहरुले तयार गरेका हुन् ।
यूरोजोनका अर्थ मन्त्रीहरुले दुई दिनसम्मको छलफलपछि तयार पारेको प्रस्तावको ग्रीक सरकारका एक अधिकारीले अत्यन्तै खराब भनेर टिप्पणी गरेका छन् ।
ग्रीक प्रधानमन्त्री एलेक्सिस सिप्रास र उनको वामपन्थी सिरजा सरकारलाई अपमानित गर्ने गरी प्रस्ताव तयार गरिएको टिप्पणी उनको छ ।
चार पेज लामो प्रस्तावमा पेन्सन र श्रम बजारमा महत्वकांक्षी सुधार, ५० अर्बभन्दा बढीको मूल्यवान सम्पत्ति निजीकरणका लागि ग्रीस तयार रहनुपर्ने छ ।
दाता मुलुकले ग्रीसमै रहेर मस्यौदा कार्यान्वयन गरिएरनगरिएको अनुगमनसमेत गर्नेछन् ।
प्रधानमन्त्री सिप्रास, जर्मन चान्सलर एञ्जेला मर्केल, फ्रान्सेली राष्ट्रपति फ्राँस्वाँ ओलाण्ड र यूरोपीय परिषदका अध्यक्ष डोनाल्ड टस्कबीच समस्याको समाधान खोज्न दुईरदुई पटक शिखर सम्मेलन रोकिएको थियो ।
अर्थमन्त्रीहरुले तयार पारेको प्रस्तावमाथि अब २८ देश सम्मिलित युरोपेली संघका नेताहरुले निर्णय गर्ने छन् ।