कम्युनिस्ट पार्टीको सदस्यता लिन चाहेको खुलासा

असार २८, काठमाडौँ – तिब्बतका निर्वा्सित धार्मिक नेता दलाई लामाले आफूले माओ त्से तुङका पालामा कम्युनिस्ट पार्टीको सदस्यता लिन चाहेको खुलासा गरेका छन् । चीनमा कम्युनिस्ट शासन स्थापना भएर तिब्बत चीनको स्वशासित क्षेत्र बनेपछि निर्वा्सित भएका दलाई लामाले आफू माओ लगायत त्यसबेलाका चिनियाँ कम्युनिस्ट नेताबाट प्रभावित भएको समेत बताएका छन् ।
आफ्नो ८० औं जन्म जयन्तिका अवसरमा इण्डिया टुडे म्यागेजिनलाई दिएको अन्तर्वार्तामा दलाई लामा भन्छन्( जब पहिलोपटक माओ लगायत अन्य अधिकारीहरुसँग पेकिङमा भेट भयो, त्यसबेला म साँच्चिकै माओसँग प्रभावित भएको थिएँ । म यति प्रभावित थिएँ कि मैले चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य बन्ने इच्छा जाहेर गरेको थिएँ ।
दलाई लामाले आफू मार्क्सवादी भएको पनि खुलास गरेका छन् । अन्तर्वार्ताका क्रममा दलाई भन्छन्( जहाँसम्म सामाजिक आर्थिक नीतिको कुरा छ, म मार्क्सवादी हुँ यो कुनै लुकाउने कुरा छैन, तर म लेनिनवादको बिल्कुलै विपक्षमा छु ।