आज फेरि भूकम्पको पराकम्पन

असार २८, काठमाडौँ – आज बिहानै दोलखामा फेरि भूकम्पको पराकम्प गएको छ । बिहान २ बजेर २८ मिनेटमा दोलखा केन्द्र बनाएर ४.४ म्याग्निच्युटको भूकम्प गएको छ । यसअघि आइतबार दिउँसो पनि दोलखा केन्द्र बनाएर नै भूकम्प पराकम्प गएको थियो । हिजो साँझ काठमाडौंको कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर पनि भूकम्प गएको छ ।

साँझ ६ बजेर ३५ मिनेटमा कीर्तिपुर केन्द्रबिन्दु भएको ३.३ म्याग्निच्यूडको परकम्प महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । वैशाख १२ मा शक्तिशाली भूकम्प गएयता लगातार परकम्प महसुस भइरहेको छ ।
बैशाख १२ को शक्तिशाली भूकम्पपछि हालसम्म ४ म्याग्च्यिुट माथिका ३६४ वटा परकम्प महसुस भइसकेको छ ।