मोदीलाई एक वर्ष अगावै सार्क सम्मेलनको निम्तो

असार २५ , काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई १९ औं सार्क शिखर सम्मेलनको निम्तो एक वर्ष अगावै प्राप्त भएको छ । उनलाई पाकिस्तानी समकक्षी नवाज शरीफले १९ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार निम्तो गरेका हुन् ।

आगामी वर्ष पाकिस्तानले १९ औं सार्क शिखर सम्मेलन आयोजना गर्दैछ । मोदी र शरीफबीच रुसमा शुक्रबार करिब ५० मिनेट भेटवार्ता भएको थियो । सांघाइ सहयोग संगठनको बैठकमा सहभागी हुनुअघि दुई नेताबीच द्विपक्षीय हितका विषयमा छलफल भएको हो ।
आतंकवादको सामना गर्ने सवालमा दुबै नेताले आपसमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको भेटपछि जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।
यी दुई नेताबीच गत वर्ष काठमाडौंमा सम्पन्न १८ औं सार्क सम्मेलनपछि पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको हो । (एजेन्सी)